धेरैले यो मनोनयनलाई बैकुण्ठनाथ मिश्रले निर्वाचनमा पराजित भए पश्चात खोजेको अनुत्तरित प्रश्नहरुको उत्तर भनेका छन् भने कतिपयले भड्किन लागेका बैकुण्ठ पक्षधरहरुको समुहलाई सान्त्वना दिने प्रयास भनेका छन् ।
तनहूँ । हालसालै सम्पन्न तनहूँ उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पराजित हुनुभएका बैकुण्ठ नाथ मिश्रलाई व्यास नगर विकास समितिको रिक्त रहेको सदस्य पद मनोनित गरिएको छ । उक्त कुराको जानकारी व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंगलबार बसेको व्यास नगर कार्यपालिका बैठकले मिश्रलाई समितिको रिक्त सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
तनहूँ उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक विचारधाराका उमेदवार मिश्रलाई आफ्नै पार्टी नेपाली कांग्रेसले साथ नदिएको र पार्टी स्वतन्त्र भुमिका नबसेको भन्दै विभिन्न कोणबाट टिकाटिप्पणी भईरहेको बेला व्यास नगर विकास समितिको रिक्त सदस्य पदमा वहाँको मनोनयनलाई चहराईरहेको बैकुण्ठनाथ मिश्रको घाँउमा मलम लगाउने प्रयासको रुपमा लिएका छन् भने कतिपयले बैकुण्ठनाथ मिश्रले फेसबुक पेजमा खोजेको अनुत्तरित प्रश्नको उत्तर भनेका छन् । यस बारेमा मिश्रसग प्रतिक्रिया लिन सम्पर्क गर्दा वहाँसग सम्पर्क हुन सकेन ।











