तनहूँ । नेपाल पत्रकार महासंघ तनहूँ शाखाको नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पदस्थापना कार्यक्रम शुक्रवार सम्पन्न भयो । उक्त अवसरमा नवनिर्वाचत पदाधिकारीहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, बिशेष अतिथि जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले र निर्वाचन समितिका संयोजक कमलामोहन वाग्लेले दोसल्ला, अविर लगाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा सांसद श्रेष्ठले ”पत्रकारहरु स्वच्छ भएर काम गर्नुपर्ने ” बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्लेले ” पत्रकारहरु व्यवसायिक बनाउन सबैजना लाग्नुपर्ने ” बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपी अरुण पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु प्रदिप काफ्ले र त्रिभुवन पौडेल, गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघ तनहूँका निवर्तमान अध्यक्ष नारायण खड्का, प्रेस युनियन तनहूँका अध्यक्ष अमरराज नहर्की, प्रेस चौतारी नेपाल तनहूँका सहअध्यक्ष बि. बि. श्रेष्ठ लगायतका महानुभावहरुले ”पत्रकारहरुलाई बाँच्ने आधार तह गर्न स्थानिय सरकारहरु पनि लाग्नुपर्ने” बताउनुभएको थियो । कार्यक्रममा निर्वतमानअध्यक्ष तथा कार्यक्रमका सभापति ओमकार आचार्यले ”पत्रकारहरुले आफ्नो मर्म भुल्न नहुने र पत्रकारले राजनीति गर्ने कि पत्रकारिता गर्ने चुन्नुपर्ने ” बताउनुभएको थियो ।
उक्त अवसरमा नवनियुक्त अध्यक्ष उज्वल पौडेलले ” पत्रकार महासंघमा लामो समयसम्म काम गरेपछि आजको अवस्थामा आईपुगेकोले पत्रकारको दुःखमा आर्थिक सहयोग गर्न सक्ने गरि कार्य गर्ने र पत्रकारिता पेशालाई मर्यादित गराउने, क्रियाशिल नरहने पत्रकारहरुलाई पत्रकार महासंघमा स्वागत गर्न नसक्ने” बताउनुभएको थियो ।








