(तस्विरः प्रतिकात्मक)
तनहूँ । तनहूँ जिल्ला पश्चिमभेगको नगरपालिका भिमाद नगरपालिकामा २०७८ साल बैशाष ९ गतेका दिन वडा नं ८ दुर्गाटोलमा निकै रोमान्चक दृश्य देखियो । भद्रभलाद्मी जस्ता देखिने दुईजना व्यक्तिहरु मुक्का हानाहान गर्न खोज्ने , पाएसम्म ढुगों टिपेर हान्न खोज्ने गर्नुभयो । छेउछाउका मानिसलाई दुईजनालाई सम्हाल्न निकै गारो पर्यो । सामाजिक संजालमा उक्त भिडियो भाईरल भएपछि पत्ता लाग्यो त्यो त जनप्रतिनिधि र सेवाग्रहीबिचको झगडा रहेछ । भिमाद नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जीवि खनाललाई साथमा भएका शुभचिन्तकहरुले नसमातेको भए वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र चिरञ्जीवि खनालबीच मुक्का प्रहार राम्रै हुने रहेछ । सामाजिक संजालमा निकै चर्चा भएको बिषयमा सबैले आ आफ्नो ब्याख्या गरेपनि भिमाद नगरपालिकाको अलि भिन्न धारणा रहेको छ । नगरपालिकाले यस्लाई ”अतिरन्जित गरिएको आरोप लगाएको छ ” विज्ञप्तिमा ” एक जना सेवाग्राहीले जग्गा सम्बन्धी सिफारिस माग गर्न आएको र सोही क्रममा निज सेवाग्राही संग सम्बन्धित जग्गा सम्बन्धी विषयमा छलफल हुने क्रममा दुवै पक्षको मानवीय कमजोरीका कारण उत्पन्न भएको सामान्य घट्नालाई अतिरन्जित गरी भिडियो क्लिप्स सहित सामाजिक संजालमा ल्याउनु खेदजनक छ” भनिएको छ । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाद्वारा हस्ताक्षरित अपिलमा ”भिडियो क्लिप्स सहित सामाजिक सञ्जालमा आएको विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको ” जनाईएको छ ।
”यस्ता प्रवृतिले सेवा प्रवाहमा असर पर्न सक्ने भएकाले सामान्य घटनाको रुमा लिएर वडाबाट प्रवाह हुने सेवालाई सहज बनाउन ” नगरपालिकाले अनुरोध गरेको छ ।
सेवाग्राही र वडा अध्यक्षबिचको हातहाल भएको छोटो भिडियो यतिबेला सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।









