तउवा संघ अध्यक्ष पविन्द्र र सांसद किसानको कुरा मिल्यो

  • ख-
  • ख+

तनहूँ । तनहूँ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई तनहूँ जिल्ला क्षेत्र नम्बर १ का सांसद कृणकुमार श्रेष्ठले शनिवार बधाई ज्ञापन तथा सम्मान गर्नुभएको छ । उक्त अवसरमा सांसद श्रेष्ठले ” वहाँहरुलाई बिशुद्ध व्यापारीहरुको हितमा काम गर्न र संस्थामा बसेर राजनीति नगर्न आग्रह गर्नुभएको थियो साथै वहाँले आफ पनि व्यापारी र यसक्षेत्रको सांसद भएको नाताले सहयोग आदान प्रदान गर्न सदा तत्पर रहेको ” बताउनुभएको थियो । उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले ” संघ सबै राजनीतिक दललाई समान सम्झेर, जनप्रतिनिधीहरुलाई सम्मान गरेर र सबैसग मिलेर अगाडि बढ्ने ” बताउनुभएको थियो । सांसद श्रेष्ठ र तनहूँ उद्योग बाणिज्य संघका पदाधिकारीबिच उद्योगी व्यवसायीहरुको लागि गर्नु पर्ने कार्यहरुका बारेमा समान धारणा रहदा व्यवसायीहरुमा उत्साह थपिएको उक्त अवसरमा बताईएको थियो ।


सांसद कृष्णकुमार श्रेष्ठ किसानको सचिवालयमा आयोजित कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, वस्तुगत सदस्य कृष्ण सुनार, एशोसिएट सदस्य शिवओम मल्ल महिला उद्यमी सभापति शकुन्तला आलेको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?