तनहूँ र चितवन जोड्ने पक्की पुल फेरि भत्कियो , कामदार वेपत्ता

  • ख-
  • ख+

गण्डकी प्रदेशको तनहूॅ जिल्ला देवघाट गाउॅपालिका वडा नंं. ५ र वागमती प्रदेशको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ जोड्ने गरी त्रिशूली नदीमा निर्माणाधीन सडकपुल ३ साता नहुॅदै पुन: भत्किएको छ । तनहूॅ जिल्ला तर्फबाट दोस्रो span मा ढलानका लागि तयार गर्न लागिएको ट्रस आज बिहान झण्डै १० बजे नदीमा खसेको छ । ट्रस नदिमा खस्नेक्रममा काम गरिरहेका सबै कामदारहरू नदीमा खस्नपुग्नुभएको थियोे । नदिमा खस्ने मध्ये ६ जनन गम्भीर घाइते भएको र वहाँहरुको चितवनमा उपचार हुॅदैछ । नदिमा खसेका मध्ये केहि बेपत्ता भएको खबर प्राप्त भएको छ । यसभन्दा अगाडि पनि उक्त पुलको चितवन तर्फको दुई span मा भएको ढलान RCC स्ट्रक्चर खसेर पुल भग्नावशेष भएको थियो । Heavy RCC structure खसेर पिल्लरमा बज्रिदा पिल्लरलाई पनि निक्कै नोक्सान पुग्न गएको सहज अनुमान गरिएको छ । यस पुलको निर्माण व्यवसायी र सम्बन्धित निकायबाट तोकिएका प्राविधिकको चरम लापरवाहीले भौतिक र मानवीय क्षति त भएको छ नै समयमै पुल निर्माण भएर सहज र सुगम परिवेश प्राप्त गर्ने जनताको आशा अपेक्षामा बज्रपात भएको उक्त क्षेत्रका अगुवाहरुको घारणाा रहेको छ । पटक पटक पुल निर्माणका क्रममा भत्कने घटना भईरहेकोले अविलम्ब घटनाको सत्यतथ्य छानविन गरी निर्माण कार्यलाई सुचारु गर्न आवश्यक देखिएको छ ।(शिवराज पौडेलको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?