तनहूँमा बढ्यो गिटी, ढुगां र वालुवा चोरी निकासी: चोरी गर्ने टिप्पर र ट्याक्टर नियन्त्रणमा

  • ख-
  • ख+

तनहूँ । २०७८बैशाष ११ गते राती १० बजेको समया तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. ६ स्थित रिस्ती दोभानबाट अवैध रूपमा बालुवा उत्खनन् गरि लोड लिई हिडेको अवस्थमा ग १ त २०५० नम्बर को ट्याक्टरलाई प्रहरी चौकी सिसाघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रण पश्चात उक्त ट्याक्टरलाई व्यास नगरपालिकाको कार्यालय तनहूँमा बुझाएकोमा उक्त कार्यालयबाट ८ हजार जरिवाना गरिएको छ । त्यसैगरि बैशाष ९ गते ४ बजेको समयमा बन्दिपुर गाउँपालिका वडा नं. ६ सराङघाटबाट अवैध रूपमा संचालन भई हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रा.लि. बाट अवैध रूपमा ढुङ्गा, गिट्टी बालुवा लोड गरी ओसारपसारमा गर्दै गरेको ग १ क २७८३ नं. को टिप्परलाई जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. ं१ मनकामनाचोकबाट प्रहरी टोलीले नियन्त्रणमा लिई बन्दिपुर गाउँपालिकाको कार्यालय पठाइएकोमा उक्त कार्यालयबाट प्रति टिप्पर १२ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता तथा
प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?