देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

  • ख-
  • ख+

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार देशभर सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २ सय सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५ सय बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । अन्तरिक हवाई उडान भने बन्द हुने छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?