गण्डकी प्रदेश अविश्वासको प्रस्ताव प्रकरणः सांसदलाई धम्की र प्रलोभन दिइएको भन्दै कारवाहीको माग

  • ख-
  • ख+

गण्डकी प्रदेश अविश्वासको प्रस्ताव प्रकरणः अविश्वास प्रस्तावका सर्मथक सांसदलाई धम्की र प्रलोभन दिइएको भन्दै कारवाहीको माग
मतदान हुन लाग्दा एकाएक रोकिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगं विरुद्धको अव्श्विासको प्रकरण नयाँ मोडमा पुगेको छ । आफु र आफ्ना सांसदहरुलाई सुरक्षाको माग गर्दै मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा गण्डकी प्रदेशसभा सदस्यहरूलाई डर, धम्की र प्रलोभन दिनेलाई कानूनको कठघरामा ल्याई अविश्वास प्रस्तावका समर्थक सांसदहरूको सुरक्षा गर्न माग गरिएको छ ।

अविश्वासको प्रस्ताव पेश हुने भएपछि विधेयक अधिवेशन हठात अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नुका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृङ्खलाबद्ध घटनाक्रमले आफूहरूलाई दुःखित र आश्चर्यचकित बनाएको विज्ञप्तिमा जनाईएको छ ।

साथै वहाँहरुले गण्डकी प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न पनि माग गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्