सुरक्षित आप्रवासन परियोजना (सामी) को पत्रकारसग अन्र्तक्रिया कार्यक्रम

  • ख-
  • ख+

तनहूँ । सुरक्षित आप्रवासन परियोजना (सामी) को आयोजनामा तनहूँको दमौलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वहाँले रोजगारीमा जाँदा पर्ने समस्याहरुलाई रोजगरादाता देशमा पुगेर गर्न पहल गर्नुभन्दा ति समस्याहरुप्रति पहिल्यै आकंलन गरेर, सचेत बनाएर पठाउनु पर्ने र बैदेशिक रोजगारमा जान चाहनेलाई ठगि गर्ने सूकारको अन्त्यको लागि जनचेतान फैलाउनु जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुश प्रशासकिय अधिकृत डिल्लीराम सग्दिेलले प्राविधिक ज्ञानसहित कामदारलाई पठाउदा राम्रो पारिश्रमिक पाउने भएकोले तयसतर्फ पनि सोचविचार गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेल, व्यास नगरपालिकाका वरिष्ठ आलेप कुमार कन्चन जिसीले सामीले बैदेशिक रोजगषरीमा सरेका समस्या र तिनलाई निराकरण गर्न खेलेको भुमिका प्रशंसा गर्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगार विभाग गण्डकी प्रदेशका शाखा अधिकृत शैलैन्द्र मिश्रले जिल्ला प्रशासन कार्यालय तनहूँबाट दैनिक २५ देखि ३० को वटा राहदानी वितरण हुने गरेको, बैदेशीक रोजगारीको क्रममा श्रम गरेर विदेश जाने सबैभन्दा बढी जिल्लाहरु मध्यमा तनहूँ १८औं नम्बरमा रहेको, तनहूँ जिल्लामा सामी परियोजना लागु भएपछि आर्थिक वर्ष २०७७/०७८ हालसम्ममा सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गतको आप्रवासी स्रोत केन्द्रबाट २ हजार ८ सय ३१ जनालाई सूचना तथा परामर्श दिइएको बताउनुभएको थियो ।

(कार्यक्रमका बारेमा प्रकाश पार्दै बैदेशिक रोजगार विभाग गण्डकी प्रदेशका शाखा अधिकृत शैलैन्द्र मिश्र)

उक्त अवसरमा सामीले गरेका कामहरु तालिमको लागि सिफारिस,आर्थिक सहायता, उद्धार, विभिन्न खालका मुद्दा, ठगी, र बैदेशीक रोजगारको शिलसिलमा लामो समय विदेश बसेर नेपाल फर्किएका नेपालमा नै स्वरोजगारका अवसर, स्वरोजगार सम्बन्धी उद्यमशिलता तालिमका बारेमा पनि प्रकाश पारिएको थियो । उक्त कार्यक्रममा आर्थिक वर्षको अवधिमा ठगिका १८ वटा मुद्दाहरुमा सहजिकरण गरेर जसबाट रु. ८ लाख ७० हजार सम्बन्धित पीडितहरुले रकम दिलाएको पनि बताईएको थियो ।

तनहूँ जिल्लाका ४ वट पालिका व्यास, भानु ,शुक्लागण्डकी र म्याग्देमा सामी कार्यक्रम संचालनमा गरिएको जानकारी प्रदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्