राष्ट्रिय युवा संघ नेपाल तनहूँका नेताद्धारा आफ्नो वडावासीलाई निः शुल्क गाडि उपलब्ध गराउने घोषणा

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघका तनहूँका जिल्ला सदस्य मनोज कुमार श्रेष्ठले भानु नगरपालिका वडा नंं २ का बासिन्दाहरुको लागि अहिलेको विषम परिस्थितिमा निः शुल्क गाडि उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

आफ्नो पारिवारिक जिम्मेवारीका कारणले टाढाका जान र टाढाको अस्पतालसम्म बिरामी पुर्याउन नभ्याउने भएपनि आफ्नो वडाका बासिन्दा आकस्मिक रुपमा बिरामी भएर सदरमुकाम दमौलीसम्मको अस्पताल जानुपरेमा यस्तो संकटको घडिमा आफुले निः शुल्क सेवा प्रदान गर्ने उहाँले बताउनुभएको छ । साथै वहाँले आफ्नो सेवा चाहिने भएमा आफ्नो मोवाईल नं. ९८६६०४०४४४ र ९८०६७८५७५७ सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्