व्यास नगरप्रमुखद्धारा नगरवासीलाई सचेत रहन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी

  • ख-
  • ख+

तनहूँ । कोरोना भाईरसले व्यास नगरपालिकाभित्रबाट केहि दिनको अन्तरालमा ४ जना व्यक्तिहरुले ज्यान गुमाएको अवस्थामा सर्वसाधारणहरुलाई सचेत र आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न आग्रह गर्दै व्यास नगरपालिकाद्धारा प्रेस विज्ञप्ति जारी गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेबाट जारी विज्ञप्तिमा परिक्षणहरु भईरहेको र यस्तो जटिल क्षणमा सम्पुर्ण नगरबासीहरु, कृयाशिल राजनितिक दल, उद्योगी व्यवसायी, सञ्चारकर्मी, टोल विकास संस्था, सामाजिक अभियन्ता, शिक्षक कर्मचारी, स्वास्थ्य स्वंयमसेवीहरुमा उच्च मोबलका साथ सहयोग र सद्भावको अपेक्षा गर्दछौ । भनिएको छ ।


व्यास नगरपालिकाद्धारा जारी प्रेस विज्ञप्तिः

विद्यमान कोभिड १९ को दोस्रो लहरको महामारीमा व्यास नगरपालिका भित्र विगत १ हप्तामा ४ जना विरामीहरुको दुःखद निधन भएको समाचारले व्यास नगरपालिका परिवार अत्यन्त दुःखी भई हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछ । हालसम्म पिसिआर परिक्षणको दायरा बढाई आवश्यक परेमा हरेक दिन र सामान्य अबस्थामा हप्ताको २ दिन९सोमबार( बिहिबार० गर्दै आएकोमा गएको १५ (पन्ध्र) दिनमा २८२ जनाको पिसिआर परिक्षण गरिएकोमा पुरुष ४४ महिला ४२ जना समेत जम्मा ८६ जना संक्रमित हुनु भएको छ । वडा नं १ बाट ३ जना र वडा नं १२ बाट १ जना समेत ४ जनाको मृत्यू भईसकेको र हाल सकृय संक्रमितको संख्या ७६ (महिला ३५, पुरुष ४१) रहेको छ । आज व्यास ०६ को शिशाघाट, व्यास ०९ को गजौडे र व्यास ०१ को करङकाठमा जम्मा ८५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

संक्रमित सामान्य बिरामीलाई हरेक वडाको स्वास्थ्य फोकल व्यक्तिको निगरानीमा होम आईसोलेसनमा राखिने र घरमा बस्ने वातावरण नभएका, साथै विपन्न आर्थीक अवस्थाका संक्रमितलाई जिल्ला संकट व्यवस्थापन समितिको सहमति समेतमा Common Home Isolation मा २०७८बैशाष ३० गतेदेखि राख्ने गरि कृषि विकास वैंकको कार्यालय दमौलीमा ५० जना राख्न मिल्ने गरि व्यवस्थापन मिलाईएको छ । उक्त आईसोलेसनमा प्रारम्भिक परिक्षण र अक्सिजन समेतको सेवा पुर्याइने र जटिल बिरामिहरुलाई अस्पताल सम्म पुर्याउने कार्यका लागि निःशुल्क एम्बुलेन्स सेवा एवं मृत्यू भएको अबस्थामा अन्तिम संस्कारको व्यवस्थापन समेतमा नगरपालिकाले तयारी गरिसकेको छ । यस महामारीको जटिल क्षणमा सम्पुर्ण नगरबासीहरु, कृयाशिल राजनितिक दल, उद्योगी व्यवसायी, सञ्चारकर्मी, टोल विकास संस्था, सामाजिक अभियन्ता, शिक्षक कर्मचारी, स्वास्थ्य स्वंयमसेवीहरुमा उच्च मोबलका साथ सहयोग र सद्भावको अपेक्षा गर्दछौ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?