कोरानाबाट तनहूँमा ३ जनाको मृत्यु , गण्डकीमा शुक्रवार २३ जनाको मृत्यु

  • ख-
  • ख+

पोखराका विभिन्न अस्पतालमा २२ जना र बाग्लुङमा १ जना गरी पछिल्लो २४ घण्टामा २३ जनाको कोरोनाका कारण निधन भएको छ । निधन भएकाहरु कास्कीका १० जना, स्याङ्जाका ६ जना, बाग्लुङ र तनहूँका ३ र ३ जना तथा पाल्पाका १ जना हुन् ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय कोरोना संक्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।
थप २३ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

पोखरा महानगरपालिका–२३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको आज ग्यालेक्सी अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको वालिङ–१० का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको गल्याङ–११ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको आज मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ नगरपालिकाका–७ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो ।

तनहूँको भिमाद नगरपालिका–६ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१५ की ५४ वर्षीया कोरोना संक्रमित महिलाको हिजो फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–४ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो चरक मेमोरिय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१३ का ४८ वर्षीय कोरोना संक्रमित महिलाको हिजो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२८ की ८२ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो चरक मेमोरिय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–३३ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ३१ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

पाल्पाको तानसेन नगरपालिका–३ की ७७ वर्षीय कोरोना संक्रमित महिलाको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो ।

कास्कीको रुपा गाँउपालिका–१ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो संक्रामक तथा सरुवा रोग अस्पता पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको आँधीखोला–३ का ५१ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको गल्याङ–३ का २६ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङको बडिगाड–४ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको हिजो धौलागिरी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख१९ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङको बाग्लुङ नगरपालिकाका ३९ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

तनहूँको शुक्ला गण्डकी नगरपालिका–६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

तनहूँको म्याग्दे गाँउपालिका–३ की ५१ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?