तनहूँ । राष्ट्रिय युवा संघ नेपालको ३१ औं स्थापना दिवसको अवसरमा तनहूँको दमौली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मदन तिमल्सेना, नेकपा तनहूँका युवा नेता अनिल पाण्डे, व्यास नगर युवा संघका संयोजक कृष्ण कुमार श्रेष्ठ, सह संयोजक अजित पन्थको उपस्थितिमा दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबू अधिकारीलाई सेनिटाईजर, माक्क, फेजसिल, हेन्डवाक्स, साबुन आदि सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त सामाग्री हस्तान्तरण गर्दै युवा संघका नेताहरुले युवा संघ नेपाल सधै देश र जनताको सेवाको लागि तत्पर रहेको र आउदा दिनहरुमा पनि दमौली अस्पताललाई सहयोग गर्न तत्पर रहने बताउनुभएको थियो ।
उक्त अवसरमा दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले युवा संघले उपलब्ध गराएको सामाग्रीहरुको सहि सदुपयोग हुने विश्वास दिलाउनुभएको थियो ।










