तनहूँमा कोरोनाबाट एकैदिन ३ जनाको मृत्यु, गण्डकीमा एकैदिन २८ जनाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहूँको को घिरिङ गाउँपालिका वडा नं.३ का ६४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा वैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि तनहूँकै व्यास नगरपालिका वडा नं. ४ की उमेर खुल्न नसकेकी एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । व्यास नगरपालिका वडा नम्बर १३ का ९१ वर्षीय पुरुषको नेशनल एपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार स्याङजाका ७ जना,कास्कीका ६ जना, तनहूँका ३ जना, बागलुङ, लमजुङ र नवलपरासी पूर्वका २ /२ जना, काठमाडौं, रुपन्देही, मुस्ताङ, म्याग्दी, गोरखा र दाङका १/ १ जना संक्रमितको मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–९ की ४३ वर्षीया महिला, पोखरा वडा नम्बर १४ का ८४ वर्षीय पुरुष, वडा नम्बर ९ का ४२ वर्षीय पुरुष, वडा नम्बर १५ का ८७ वर्षीय पुरुष, वडा नम्बर १५ कै ५६ वर्षीय पुरुष र वडा नम्बर १ की ४९ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

४३ वर्षीया महिलाको पोखरास्थित मेडिप्लस अस्प्तालमा आइतबार मृत्यु भएको हो । उनलाई वैशाख १४ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी ४२, ८७ र ५६ वर्षीया पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने ८४ वर्षीय पुरुष र ४९ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको हो ।

यस्तै स्याङजाको वालिङ नगरपालिका–१३ की ५६ वर्षीया महिला, वडा नम्बर १३ कै ५५ वर्षीय पुरुष, वडा नम्बर १ की ४९ वर्षीया महिला, वडा नम्बर ८ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्याङजाकै गल्याङ नगरपालिका–४ का ८३ वर्षीय पुरुष, गल्याङकै वडा नम्बर ४ का ८६ वर्षीय पुरुष तथा स्याङजाकै अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ की ८० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको शर्माले बताए ।

बागलुङको वडिगाड गाउँपालिका वडा नम्बर ४ की ५४ वर्षीया महिला र कालीखोला गाउँपालिका वडा नम्बर ५ की ५० वर्षीया महिलाको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । ५४ वर्षीया महिलाको धौलागिरी अस्पतालमा र ५० वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ८ की ४६ वर्षीया महिला र बेसीशहर नगरपालिका–७ का ५७ वर्षीय पुरुषको पनि शनिबार मृत्यु भएको उनले बताए । ४६ वर्षीया महिलामा वैशाख ३० गते र ५७ वर्षीय पुरुषमा वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी नवलपरासी पूर्वको कावोसोती–३ की ४३ वर्षीया महिला र मध्यविन्दु–५ की ७० वर्षीया महिलाको वैशाख ३१ गते मृत्यु भएको हो । ४३ वर्षीया महिलामा वैशाख २८ गते र ७० वर्षीया महिलामा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी काठमाडौ महानगरपालिका–३० की ५३ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा वैशाख १ गते मृत्यु भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ ।

मुस्ताङको मुक्तिनाथ–१ का ३३ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा शनिबार मृत्यु भएको उनले बताए ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका–४ का ५९ वर्षीय पुरुष, गोरखाको पालुङटार नगरपालिका–२ का ६५ वर्षीय पुरुष र दाङको तुलसीपुर–६ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

बेनीका ५९ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा वैशाख ३१ गते, गोरखाका ६५ वर्षीय पुरुषको आँपपीपल अस्पताल गोरखा र दाङका ५२ वर्षीय पुरुषको ग्यालेक्सी अस्पताल पोखरामा शुक्रबार मृत्यु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?