सांसदहरुको पहलमा तनहूँका अस्पताललाई ९ करोड

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकारको अर्थ मन्त्रालयले तनहूँको लागि विभिन्न स्वास्थ्य सामाग्री खरिद गरी जडान गर्न ९ करोड रुपैयाँ बजेट छुट्याएको छ।
शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसियु बेड जडानको लागि ६ करोड र अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनको लागि ३ करोड गरि जम्मा ९ करोड रुपैया तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिनिधि सभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ किसान तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको विशेष पहल र सक्रियतामामा अर्थ मन्त्रालयले आईतबार सांझ उक्त रकम सम्बन्धि निर्णय गरेको हो ।

त्यसैगरि अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि अस्पतालको माग बमोजिम ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको अर्थ मन्त्रालयबाट जनाईएको छ । यी दुई अस्पतालमा उत्तः बजेट काम भएपछि कोरोना संक्रमित र अन्य रोगका बिरामीको लागि पनि सहज हुने , अस्पतालको स्तरोन्नतिमा पनि पहल पुग्ने सांसद कृष्णकुमार श्रेष्ठ किसानको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्