तनहूँ । कोराना भाईरस (Covid 19) बाट दिनप्रतिदिन मानिसहरुको मृत्यु भईरहदा व्यास नगरपालिका वडा नं. १० आफ्ना वडावासीलाई सचेत रहन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । वडा अध्यक्ष तुलसीराम सापकोटा जारी विज्ञप्तिमा ” यस वडामा समेत समुदाय स्तरमा दिन प्रतिदिन संक्रमण दर वढदै गईरहेकाले सावधानी र सर्तकताका अपनाउनका लागी टोल विकास संस्थाका सदस्यहरुले अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई, आ आफनो टोल वाहिरवाट (अन्य जिल्ला तथा विदेश) आएका ब्यक्तिहरुलाई अनिवार्य होम क्वरेन्टाइनमा राख्ने व्यवस्था मिलाई अत्यावश्यक काममा वाहेक वाहिर ननिस्कनका लागी अनुरोध गर्दछौ” भनिएको छ साथै ” नगरपालिकाबाट प्रदान गरिएको नि: शुल्क पिसिआर परिक्षण र निःशुल्क एम्बुलेन्स सेवाको पनि प्रयोग गर्न आग्रह गरिएको छ ” विज्ञप्तिमा अगाडि ” कुनै त्यस्तो स्वास्थ्य समस्या परेमा वडाको फोकल पर्सन अ.हे.व. सरिता वोटे को मोवाईल नं. ९८६६०००८९८ मा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।”
प्रेस विज्ञप्ति
मितिः२०७८।०२।०२ विश्व महामारिको दोस्रो लहरको रुपमा फैलीएको Covid 19 (कोरोना भाईरस) को संकमणका कारण हामी उच्च जोखिममा छौ । तनहूँ जिल्ला, व्यास नगरपालिका र यस वडामा समेत समुदाय स्तरमा दिन प्रतिदिन संक्रमण दर वढदै गईरहेकाले सावधानी र सर्तकताका अपनाउनका लागी टोल विकास संस्थाका सदस्यहरुले अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई, आ – आफनो टोल वाहिरवाट (अन्य जिल्ला तथा विदेश) आएका ब्यक्तिहरुलाई अनिवार्य होम क्वरेन्टाइनमा राख्ने व्यवस्था मिलाई अत्यावश्यक काममा वाहेक वाहिर ननिस्कनका लागी अनुरोध गर्दछौ । साथै हरेक सोमवार र विहिवार ब्यास नगरपालिका द्वारा ब्यास ०१ स्थित क्षेत्री समाजको भवनमा नि: शुल्क पि. सि. आर परिक्षणका लागी स्वाव संकलन गरिने, Home Isolation मा रहेका संकमितहरुलाई स्वास्थ्यकर्मीको नियमित निगरानी गरिने र Isolation सम्म लैजाने एम्बुलेन्स सेवा समेत निशुल्क ब्यवस्था भएको हुदा स्वास्थ्य सम्वन्धि कुनै समस्या देखिएमा यस वडाको कोभिड फोकल पर्सनसंग सम्पर्क गर्नहुन अनुरोध गरिन्छ । साथै यसै सन्दर्भमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले (DCCMC) निषेधाज्ञा जारी गरेको हुदा वडा स्थित राजनैतिक दल, उद्योगी, व्यापारी, टोल विकास संस्था, आमा समह, रेडकस, स्थानिय क्लव, विभिन्न संघ सस्था, समाज लगायत सम्पुर्ण वडावासीहरुले आवश्यक धैर्यता र सर्तकता अपनाइ संक्रमण रोकथाम तथा न्युनिकरण कार्यमा सहयोग गरिदिनहन हार्दिक अनुरोध गर्दै वडावासीको सु – स्वास्थ्यको कामना गर्दछौ ।
सम्पर्कका लागी फोकल पर्सनः सरिता वोटे (अ.हे.व.) सम्पर्क नंः९८६६०००८९८
तुलसीराम सापकोटा
अध्यक्ष








