कोरोना कोषको लागि अमेरिकाबाट पन्थको सहयोग

  • ख-
  • ख+

तनहूँ / तनहूँ उद्योग बाणिज्य संघद्धारा स्थापित ”कोभिड संकट ब्यबस्थापन महाअभियान २०७८” का लागि अमेरिका बस्ने कृष्णजिवी पन्थले ५५ हजार आर्थिक सहयोग गर्नुभएको छ । ब्यासनगर पालिका वार्ड नम्बर १२ कमलबारी निवासी हाल अमेरिकामा बसोवास गर्नुहुने पन्थले उक्त रकम सहयोग गर्नुभएको हो ।

पन्थबाट उपलब्ध गराईएको रकम हालसम्म उपलब्ध सबैभन्दा बढि रकम भएको तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताउनुभएको छ । कोरोना भाईरस कोभिड १९ ले आक्रान्त बनाईरहेका बेला तनहूँ उद्योग बाणिज्य संघद्धारा स्थापित कोभिड संकट ब्यबस्थापन महाअभियान २०७८ मा हालसम्म ७ लाख ५ सय ७९ रुपैया रकम संकलन भएको र सहयोग आउनेक्रम जारी रहेको पनि अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लामो समयदेखि अमेरिकामा बसोवास गरिरहनुभएका पन्थ सामाजिक अभियन्ताका साथै गैर आवासिय नेपाली संघ अमेरिकाका उपाध्यक्ष एवं आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका उमेदवार हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्