पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुृभएको छ छन् । मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार पहिलाको सरकारमा एमालेबाट सहभागी मन्त्रीहरुलाई नै दोहोर्याउनुभएकोछ ।
जस अनुसार अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, सामाजिक विकास मन्त्री नरदेवी पुन, उद्योग, पर्यटन वन तथा वातावरण विकास लम्साल र युवा तथा खेलकुद मन्त्री दिपक मनाङे बन्नुभएको छ ।
बाँकी मन्त्रीलाई भने अहिलेलाई विना विभागिय मन्त्री तोकिएको र उनीहरुको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री स्रोतले बताएको छ ।








