रक क्लाईम्विङ्गको लागि विमल नगरको चुनपहरा जोगाउन ज्ञापन पत्र पेश

  • ख-
  • ख+

तनहूँ । बन्दिपुर गाउँपालिका वडा नं. ४ मा रहेको चुन पहराको मौलिकता जोगाउन र त्यसमा संचालित रक क्लाम्विगं (चट्टान आरोहण) संरक्षणको लागि विमल नगर चुनपहरा प्रकृतिक चट्टान आरोहण संरक्षण समितिले भौतिक तथा पूर्वाधार मन्त्रालयलाई ज्ञापन पत्र पेश गरेको छ । नेपाल खेलकुद संघका केन्द्रिय महासचिव मेघराज पौडेलको पहल र जिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डेको समन्वयमा उक्त उक्त कदम चालिएको हो । ज्ञापन पत्रमा हालसालै नेपाल सरकारले सो राजमार्ग विस्तार योजना तयार गरे अनुरुप, मापदण्डअनुसार सडकको मध्यविन्दुवाट दायां र वाया २५ / २५ मिटर विस्तार गर्ने योजना अनुरुप चिन्ह लगाउने कार्य सम्पन भएको छ तसर्थ सो विमलनगर प्राकृतिक साहसिक गतिविधि संचालन हुने धरोहरको आवश्यकता, महत्व तथा यस क्षेत्रको अतिक्रमण पश्चात पर्ने असर र प्रभावित क्षेत्रहरको जानकारी पश्चात साथै यस्लाई कसरी जोगाउन सकिन्छ भन्ने वैकल्पिक सुझावसहित यस सडक विस्तार योजना अन्तर्गत प्रत्यक्ष सरोकार राख्ने सम्बन्धित निकाय, संघ संस्था लगायत तमाम क्षेत्रलाई यस विमलनगर बचाउनको लागि आवश्यक पहलकदमको परिचय तथा कार्यान्वयनको लागि गम्भिर ध्यानाकर्षण गराउदै त्यसलाई बचाउन पहल गर्न आग्रह गरिएको छ । उक्त क्षेत्र संरक्षणको लागि गठित समितिका संयोजक महेन्द्र रिजालको गठित ५ सदस्यिय समितीले सरोकालवाला निकायहरुलाई उक्त ज्ञापन पत्रको बोधार्थ पनि पठाएको छ । बोधार्थ पठाइएका निकायहरु निम्न रहेका छन्
वोधार्थः
श्री मन्त्री ज्य, युवा तथा खेलकुद मन्त्रालय, काठमाण्डौ । श्री माननीय कृष्ण कुमार श्रेष्ठ, सदस्य, प्रतिनिध सभा । श्री माननीय युवा तथा खेलकुद मन्त्री ज्यू । गण्डकी प्रदेश श्री माननीय हरि बहादुर चुमान ज्यू, सदस्य, गण्डकी प्रदेश सभा । श्री राष्ट्रिय खेलकुद परिषद, काडमाण्डौ । श्री प्रदेश खेलकद परिषद, गण्डकी । पोखरा श्री जिल्ला प्रशासन कार्यालय तनहूँ । श्री वन्दीपुर गाउँपालिका, बन्दीपुर, तनहूँ । श्री मुग्लीन पोखरा सडक आयोजना, पुर्वी खण्ड । श्री जिल्ला खेलकुद विकास समिति, तनहूँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्