पूर्वमन्त्री भण्डारीले स्वास्थ्य सामाग्रीका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहूँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने हुनुभएको छ । पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँ मार्फत १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने हुनुभएको हो । नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीका अनुसार उक्त रकम बिहविार नेपाली कांग्रेस तनहूँलाई हस्तान्तरण गरिने छ । पूर्वमन्त्री भण्डारीले सहयोग प्रदान गरेको रकम मार्फत नेपाली कांग्रेस तनहूँले जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन कक्षमा स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यवाहक सभापति जितप्रकाश आलेले बताउनुभएको छ । पूर्वमन्त्री भण्डारीले पार्टी मार्फत सहयोग प्रदान गरेकोमा कार्यवाहक सभापति आलेले धन्यवाद ज्ञापन गर्नुभएको छ । पूर्वमन्त्री भण्डारी सहित परिवारका सदस्य केही दिन अगाडि कोरोनाको संक्रमणबाट मुक्त हुनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्