तनहूँ उद्योग बाणिज्य संघको कोरोना कोषको रकमको उपयोग, जिल्लामा नै पिसिआर जाँच गर्ने मेशिन राख्ने वा छिटो पिसिआर रिर्पोट आउने प्रवन्ध, कोरोना बारे सर्वसाधारणलाई बढि सचेत बनाउने, अत्यावश्किय वस्तु होम डेलिभरीको सुविधा मिलाउने, स्वास्थ्य परिक्षण र स्वास्थ्य सामाग्री बिक्रीमा कालोबजारी नियन्त्रणमा बिशेष पहल गर्ने निष्कर्ष
तनहूँ । तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) र तनहूँ उद्योग बाणिज्य संघका प्रतिनिधिहरुका बिच छलफल सम्पन्न भएको छ । कोरोना भाईरुस ( कोभिड १९ ) ले जताततै आक्रान्त बनाईरहेको बेला तनहूँ जिल्लामा कसरी स्वास्थ्य सेवा दुरुस्त राख्न सकिन्छ ? सांसद, उद्योगी, व्यापारीहरु मिलेर कसरी जिल्लावासीलाई के कस्तो सेवा दिन सकिन्छ उक्त बिषयमा छलफल भएको थियो । कार्यक्रममा सांसद श्रेष्ठ, तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, द्धितिय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार ईकाईका सभापति भुपाल आले, अन्य पदाधिकारीहरु किन कुमार श्रेष्ठ, रजा खान, शेषराज श्रेष्ठ, दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारी, पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, पत्रकार महासंघ तनहूँका निवर्तमान अध्यक्ष ओमकार आचार्य राष्टिय युवा संघ व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठ, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त छलफल कार्यक्रममा तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुले तनहूँ जिल्लाबाट पिसिआर गर्न बाहिर पठाउदा रिर्पोट आउन ७,८ दिन लाग्ने भएकोले यस समस्या हल गर्नको लागि सांसदसग आग्रह गर्नका साथै तनहूँ उद्योग बाणिज्य संघद्धारा संचालित ‘‘कोभिड संकट ब्यबस्थापन महाअभियान २०७८” मा संकलित रकमका साथै अन्य रकम सहयोग गर्न पनि संस्था तयार रहेको बताउनुभएको थियो । उक्त अवसरमा वहाँहरुले बजार खुल्ला भएको समयमा मानिसहरुको एकदमै चाप बढिरहेको, पिसिआरको रिर्पोट आउन ढिला हुँदा आशंका गरिएको मान्छे पनि खुल्लमखुल्ला हिडिरहेकोले त्यस बारेमा पनि सरसल्लाह तथा निर्देशन दिन सांसद श्रेष्ठलाई आग्रह गर्नुभएको थियो साथै उक्त अवसरमा उहाँहरुले अक्जिन लगायत अन्य सामाग्रीहरुको अभाव श्रृजना हुन नदिन पनि सबै चनाखो हुनुपर्ने बताउनुभएको थियो ।
उक्त छलफल कार्यक्रममा पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलले सर्वसाधारणले पनि सुरक्षाकर्मीहरुको सदासयताको फाईदा उठाईरहेकोले कोरोना भाईरसको महामारीले जिल्लामा विकाराल रुप लिन सक्ने तर्फ सबै सम्बन्धित निकाय सचेत रहनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सांसद श्रेष्ठ उद्योग बाणिज्य संघको सहकार्यमा तनहूँ जिल्लामा नै पिसिआर चेक गर्ने मेशिन राख्ने कि सर्वसुलभ मुल्यमा बाहिरबाट ल्यावलाई निम्त्याउने त्यस बारेमा आवश्यक निर्णय लिन र अन्य आवश्यिक बजेट तथा अन्य प्रशासनिक कामको लागि आफ्नो मुख्य सहयोग रहने बताउनुभएको थियो साथै वहाँले जनताको सेवा गर्नु नै तनहूँ उद्योग बाणिज्य संघ र आफ्नो उद्धेश्य रहेकोले छिटोभन्दा छिटो पिसिआरको रिर्पोट पाउन सक्ने वातावरण मिलाउन जिल्लाभरका स्थानिय निकायसग मिलेर काम गर्ने बताउनुभएको थियो । उक्त अवसरमा वहाँले सर्वसाधारणलाई किनमेलको लागि छुट्याएको समयलाई कटौती गरि उद्योगी व्यवसायीहरुले घर घरमा सर्वसुलभ मुल्यमा होेम डेलिभरीको सुविधा दिनेतर्फ पनि बिचार गर्नु आग्रह गर्नुभएको थियो । अक्सिजनको प्रसंगमा सांसद श्रेष्ठले सकेसम्म कोरोना भाईरस नलागोस् भन्न सचेत हुन र लागिहालेपनि अक्सिजनको अभाव हुन आफु कहिल्यै नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा सांसद, तनहूँ उद्योग बाणिज्य संघका पदाधिकारी तथा अन्य महानुभावहरुले यस्तो विषम परिस्थितिमा स्वास्थ्य चेकजाँचमा होस् कि अत्यावश्किय बस्तुहरु बिक्रीमा कालोबजारी नगरिकन मानवियता देखाउन पनि आग्रह गर्नुभएको थियो ।
जिल्लाका विभिन्न अस्पतालमा अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न जिल्ला आउनुभएका श्रेष्ठले जिल्लाका सरोेकारवाला निकायको भोलि हुने छलफलमा यी कुराहरुको बारेमा छलफल पश्चात निष्कर्षमा पुग्ने बताउनुभएको थियो ।








