तनहूँका प्रधानमन्त्री विरोधी राजनीतिक दलको ठहरः प्रधानमन्त्रीको कदम संविधानमाथि आघात

  • ख-
  • ख+

तनहूँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरि ताजा जनादेृशमा जान चालेको कदम बिरुद्ध तनहूँमा विपक्षीहरु एकजुट हुनुभएको छ ।

नेपाली कांग्रेस तनहूँका सभापति बैकुण्ठ न्यौपानेको सभापतित्वमा बसेको बैठक पश्चात कांग्रेस सचिव विश्व बाँस्तोला, माओवादी केन्द्र सचिव राजेन्द्रकेशरी न्यौपाने, माधव नेपाल पक्षीय एमाले तनहूँका अध्यक्ष शंकरनारायण श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सल्लाहकार कृष्णराज घिमिरे तथा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाली जनताको लामो कठोर संघर्ष, त्याग र बलिदान प्राप्त नेपालको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक प्रतिनिधि सभा भंग गरि आघात पुर्याएकोले सब एकजुट हुनुपर्ने आग्रह गरिएको छ साथै विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त असंवैधानिक कृयाकलाप बिरुद्ध सबै एकजुट भएर जाने पनि प्रतिवद्धता व्यक्त गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?