तनहूँ । पत्रकार महासंघ तनहूँ शाखाले तनहूँ शाखाका पूर्व कार्य समिति सदस्य दिवाकर भण्डारी कि श्रीमती सुनिता डोटेल भण्डारीलाई सहयोगको लागि अपिल गरेको छ । पत्रकार भण्डारीकी श्रीमती सुनिता घरको छतबाट खसरे दुवै खुट्टा भाँचिएर हाल काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचारत हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्जवल पौडेलले आफुसगै काम गर्ने पत्रकार साथीको श्रीमती सख्त घाईते भई उपचार गराईरहेको र उपचारमा धेरै नै खर्च भईसकेको र अझै धेरै नै खर्च लाग्ने जानकारी प्राप्त भएको हुनाले पत्रकार, समाजसेवी सबैले सहयोग गरेर भण्डारीको उपचारमा सहयोग पुर्याउनुहुन सबैमा अपिल गर्नुभएको छ ।
दुई सन्तानकी आमा भण्डारीको पटक पटक गरेर बि एण्ड बि अस्पतालमा दुवै खुट्टाको अपरेसन गरिएको छ ।








