कोरानाबाट तनहूँमा १ को मृत्युः संक्रमितहरु बढ्दै आज १७० संक्रमित थपिए

  • ख-
  • ख+

तनहूँ । पछिल्लो २४ घण्टामा तनहूँ जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार पद्धिल्लो २४ घण्टामा १७० जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमित देखिनेहरुमा ९८ जना पुरुष र ७२ जना महिला भएको पनि निर्देशनालयले जनाएको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा तनहूँकी १ जना महिलाको मृत्यु भएको छ । जेठ ४ गते कोरोना पुष्टि भई पोखराको अस्पतालमा उपचाररत शुक्लागण्डकी नगरपालिका वडा नंं ८ की ५३ बर्षिय महिलाको मृत्युभएको पनि निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?