तनहूँ । लकडाउनको समयमा भौकै परेका मानिसहरुको लागि संचालन गरेको लायन्स क्लब अफ तनहूँ व्यास सिटीले व्यास नगरपालिकाका विभिन्न वडाहरुमा राहत वितरण गरेको छ । क्लबका अध्यक्ष कुमार मल्ल, उपाध्यक्ष प्रदिप मल्ल, क्लबका अन्य पदाधिकारीहरु शान्ता बास्तोला र ब्रजेश शाहले उहाँहरुले दिएको मोवाईल नम्बर सम्पर्क गर्ने व्यक्तिहरुको वास्तविकता बुझि उहाँहरुको घरमा नै पुगि खाद्य सामाग्रीहरु उपलब्ध गराउनुभएको हो ।
क्लबका पदाधिकारीहरुले आज व्यास नगरपालिका वडा नं. २ को मालेबगरमा २ परिवार, अमरापुरीमा १ परिवार, अमरसिहं मार्गमा १ परिवार र व्यास नगरपालिका वडा नं ३ देउराली नगरमा १ परिवारलाई सो समाग्री सहयोग गर्नुभएको हो ।
लायन्स क्लब अफ तनहूँ व्यास सिटीले उपलब्ध गराएको खाद्य सामाग्रीहरुमा १० केजी चामल, १ केजी दाल, १ केजीकाउली, १ केजी नुन, १ केजी क्वाटी, १ पोका सोयाविन, १ पोका तेल, १ पोका तरकारी, १ वटा सावुन २५ पिस मास्क रहेको छ ।
खाद्य सामाग्री हस्तान्तरण पश्चात उहाँहरु निकै खुशी भएको क्लबका उपाध्यक्ष प्रदिप मल्लले बताउनुभएको छ साथै FOOD BANK मा सहयोग आउनेक्रम जारी रहेको र आफुहरुले खाद्य सामाग्री सहयोग गर्ने क्रम पनि चलिरहेको मल्लको भनाई रहेको छ ।










