मृर्गौला पिडितलाई सहयोग रकम हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १ हाईस्कुलटारमा रहेको नवयुवा क्लवले सोही वडा निवासी मृगौला पिडित आशमाया तामाङ्गलाई क्लवले संकलन गरेको रकम हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ्गको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहनु भएको थियो । हस्तान्तरण कार्यक्रममा वोल्दै न्यौपानेले एउटा युवा क्लवले यति ठुलो रकम संकलन गरेर सहयोग गरेकोमा क्लवको प्रंशसा गर्नु भएको थियो । उक्त कार्यक्रममा सन्त तामाङ्गले हालको विरामीको अवस्था वारेमा जानकारी गराउनु भएको थियो । क्लवले टोल विकास संस्था, आमा समूह, महिला संजाल, विभिन्न संघ संस्था, विदेशमा रहनु भएका शुभचिन्तकहरुवाट रु.१६,१५,१५०। (सोह्र लाख पन्ध्र हजार एक सय पचास) आर्थिक संकलन गरेको थियो । अध्यक्ष तामाङ्गले सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रदान गर्नुभएको थियो । कार्यक्रममा व्यास १ सदस्य, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु , महिला संजाल तथा आमा समुहको अध्यक्षको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन क्लवका सदस्य सुस्मिता चौधरीले गर्नुभएको थियो । विरामीको सम्पुर्ण परिवार काठमाण्डौ रहनु भएकोले उक्त रकम विरामीका ठुलोआमाको छोरा सन्त तामाङलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्