तनहूँ । कोरोना महामारीबाट पार पाउन गरिएको लकडाउनको समयमा कोहि पनि भोकै नबसोस् भनेर फड बैक संचालन गर्नुभएका तनहूँको दमौलीमा रहेको लायन्स क्लब अफ तनहूँ व्यास सिटीका पदाधिकारीहरुले सदा झै शनिवार पनि नगरपालिकाका विभिन्न बडामा राहत वितरण गर्नुभएको छ । क्लबका पदाधिकारीहरुले आज व्यास नगरपालिका वडा नं. १ को २ परिवार, व्यास नगरपालिका वडा नं. २ को २ परिवार , व्यास नगरपालिका वडा नं. ४ को १ परिवार र व्यास नगरपालिका वडा नं. ५ को १ परिवारलाई सो समाग्री सहयोग गर्नुभएको हो ।
लायन्स क्लब अफ तनहूँ व्यास सिटीका प्रेसिडेटा कुमार मल्ल, फष्ट भाईस प्रेसिडेन्ट प्रदिप मल्ल, सेक्रेटरी एकप्रसाद श्रेष्ठ, ज्वान्ट सेक्रेटरी शान्ता बास्तोला, सदस्यहरु ब्रजेश शाह र महम्मद अलिको सहभागितामा उल्लेखित परिवारहलाई वहाँहरुले प्रति परिवार १० केजी चामल, १ केजी दाल, १ केजी काउली, १ केजी नुन, १ केजी क्वाटी, १ पोका सोयाविन, १ पोका तेल, १ पोका तरकारी, एक वटा सावुन र २५ पिस मास्क हस्तान्तरण गर्नुभएको थियो ।








