काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै वर्ष बजेट मार्फत सरकारले साझेदारी, सहलगानी र सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल छुट दिने घोषणा गर्नुभएको छ । निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्तामध्ये मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुट दिने घोषणा पनि सरकारले गरेको हो ।
मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २ सय ५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिने घोषणा गरिएको छ । अघिल्लो बजेटमा सरकारले मासिक १० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई महसुल छुट दिने निर्णय गरेको थियो । उत्पादनमूलक उद्योग, होटल र चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।








