भोकालाई राहत बाड्ने FOOD BANK को राहत बाड्ने काम आज पनि जारी

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौलीमा रहेको लायन्स क्लब अफ तनहूँ व्यास सिटीद्धारा संचालित….. बाट आज पनि कोरोना भाईरुस कोभिड १९ को कारण जारी भएको लकडाउनका कारण भोका भएका मानिसहरुको लागि राहत वितरण गरेको छ । क्लबले आज व्यास नगरपालिकाका विभिन्न वडाका ६ घरपरिवारलाई राहत वितरण गरेको हो ।

१० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ पोका तेल, १ केजी क्वाटी, १ पोका सोयाविन, १ वटा सावुन २५ पिस मास्कको प्याकेज बनाई प्रति परिवारलाई वितरण गरेको क्लबले व्यास नगरपालिका वडा नं. १, व्यास नगरपालिका वडा नं. २ र व्यास नगरपालिका वडा नं. ४ का परिवारलाइै उत्तः सामाग्री हस्तान्तरण गरेको हो । कसैलाई पनि भोकै बस्नु नपरोस् भनेर अभियान संचालन गरेको लायन्स क्लबले केहि दिन अगाडिदेखि व्यास नगरपालिकाका विभिन्न वडाहरुलमा राहत सामाग्री वितरण गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?