तनहूँ । लायन्स क्लब अफ तनहूँ व्यास सिटीद्धारा संचालित LIONS FOOD BANK ले हप्ता दिनको समयमा ६० परिवारलाई राहत बाँडेको छ । लकडाउनको कारण खानेकुराको अभाव झेलिरहेका मानिसहरुलाई सहयोग गर्न संचालन गरिएको LIONS FOOD BANK बाट ६० व्यास नगरपालिकाक्षेत्रका ६० परिवारका करिब २४० जनालाई लाभ पुग्ने गरि उक्त क्लबले राहत वितरण गरेको हो । एक हप्ताको अवधिमा उहाँहरुले व्यास नगरपालिकाका वडाहरु वडा नं. १, २, ३,४, ५, ९, १० र १२ राहत वितरण गर्नुभएको थियो ।
LIONS FOOD BANK ले वितरण गरेको राहत सामाग्रीहरुमा प्रति परिवार १० केजी चामल, १ केजी दाल, १ केजी क्वाटी, १ पोका, तेल १ पोका सोयाविन, १ कोलो चिउरा, १ पोका तरकारी मसला, १ वटा सावुन २५ पिस मास्क लगायतका सामाग्रीहरु रहेका थिए ।
”दैनिक ज्याला मजदुरी खाने परिवार होस् कि विपन्न, अशक्त परिवार होस् आफुहरुले वितरण गरेको राहत पाउदा निकै हर्षित भएको” लायन्स क्लब अफ तनहूँ व्यास सिटीका प्रेसिडेन्ट लायन कुमार मल्लले बताउनुभएको थियो ।
‘‘समस्या परेका मासिहरुलाई विपतको घडिमा सहयोग गर्न पाँउदा खुशी लागिरहेको र क्लबका सबै पदाधिकारीहरु पनि हर्षित रहेकोले यो भोकाको भोक मेटाउने अभियान जारी नै रहेको” क्लबका फष्ट भाईस प्रेसिडेन्ट लायन प्रदिप मल्लले बताउनुभएको छ ।








