तनहूँ । तनहूँ जिल्ला शुक्लागण्डकी वडा नंं ४ का ४३ पुरुषको गण्डकी मेडिकल कलेज उपाचाररत हुदाहुदै कोरोनाका कारण मृत्यु भएको छ । वहाँ जेठ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तनहूँका १ सहित पोखराका अस्पतालहरुमा उपचाररत १२ जना समेत गण्डकी प्रदेशका थप १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७७९ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार मृतकहरु कास्की जिल्लाका ६ जना, नवलपुर जिल्लाका ४ जना, स्याङ्जा जिल्लाका १ जना, पर्वत जिल्लाका २ जना, बाग्लुङ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना, तनहूँ जिल्लाका १ जना (माथी उल्लेखित) र लमजुङ जिल्लाका १ जना रहुभएको छ ।









