तनहूँ । तनहूँ उद्योग बाणिज्य संघले संचालन गरेको कोभिड संकट ब्यबस्थापन महाअभियान २०७८ ले आज नेपाल पत्रकार महासंघ तनहूँ शाखालाई स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेको छ । संघका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका पदाधिकारीहरुले नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेल,निबर्तमान अध्यक्ष, पुर्ब अध्यक्ष तथा पत्रकारहरुको उपस्थितिमा स्वास्थ सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
कोरोना महामारीको समयमा बिषेशत अग्रपंक्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलाई सुरक्षाको लागि मास्क, सेनिटाईजर, पन्जा लगायतका सामाग्रीहरु उपलब्ध गराउदै आएको संघले विभिन्न अस्पतालहरुमा अक्सिजन लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिरहेको छ । संघले संचालन गरेको कोषमा देश विदेशबाट सहयोग जम्मा भईरहेको र विभिन्न किसिमबाट सबैलाई सहयोग गर्ने मनसायले तनहूँ उद्योग बाणिज्य संघले कार्य गरिरहेको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताउनुभएको छ ।








