श्रीमान् अपाङ्ग श्रीमती पनि अपाङ्ग भएपछि २ छोरी सहित परिवारकै बिचल्ली

  • ख-
  • ख+

रकम अभावमा औषधी उपचार गर्न पनि समस्याः अपाङ्ग परिवारलाई सहयोगको लागि अपिल

तनहूँ । श्रीमान् अपाङ्ग भएपनि मेलापात गरेर आफ्ना २ सन्तान र श्रीमान् पाल्ने सुकमाया आले पनि अपागं हुन पुगेपछि उहाँको परिवारको विचल्ली भएको छ । व्यास नगरपालिका वडा नं. ११ पोल्याङ, वसन्तटोलको सुकमाया आलेको परिवारलाई खानाको समस्याका साथै रकमको अभावमा औषधी उपचारसम्म पनि हुन सकेको छैन । यदि सहयोगी तथा मनकारी महानुभावहरुले उहाँहरलाई सहयोग गर्न चाहानुहुन्छ भने उहाँहरुलाई प्रत्यक्ष भेटेर पनि सहयोग गर्न सक्नुहुनेछ भने अयन्त्रबाट सहयोग गर्न चाहने महानुभावहरुले उक्त क्षेत्रका समाजसेवी तथा आले परवारको लागि सहयोग संकलनमा जुट्नुभएका अजित पन्थको मोवाईल नम्बर 9803370657 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्