तनहूँ । तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईले व्यवसायीहरुको लागि तालिम संचालन गदैृछ । जेठ २९ शनिवार जुम माध्यमबाट संचालन हुने उक्त तालिममा उद्योगी तथा व्यवसायीहरुको लागि समसामयिक र जल्दोवल्दो बिषय बजेट कार्यवन्यन र ब्यवसायिक कर सम्बन्धमा तालिम प्रदान गरिनेछ । उक्त तालिम ICAN काData Scientist CA सुशिल अधिकारी दिने पनि दमौली बजार इकाई जनाएको छ ।
”लकडाउनको समय अनि उद्योगी व्यवसायीहरु फुर्सदमा भएकोले जुम माध्यमबाट तालिम संचालन गर्न लागिएको र यो तालिम निकै उपयोगी हुने ” तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईका सभापति भुपाल आलेको भनाई छ साथै उहाँले ”उक्त तालिममा सहभागी भई लाभ लिन पनि सबै उद्योगी तथा व्यवसायीहरुलाई आग्रह ” गर्नुभएको छ ।








