बहुमत सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उहाँले दावी पेश गर्नुभएको छ ।
नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनुभएको छ ।
प्रदेश प्रमुख पौडेलले उक्त दावीबारे अध्ययन पश्चात र प्रक्रिया पुर्याएर निर्णय गर्ने बताउनुभएको छ । हिजो भएके मतदानमा गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुगंले विश्वासको मत प्राप्त गर्न सक्नुभएको थिएन ।









