व्यासमा कोरोना संक्रमित बढेको बढ्यै, जिल्लाभर २४ जना संक्रमित भेटिए

  • ख-
  • ख+

मदन तिमल्सेना । कार्तिक २१ । तनहुँ । पछिल्लो समय तनहूँ जिल्लामा २४ जना कोरोना संक्रमित भेटिएका छन् । व्यास नगरपालिकामा १९ जना, भानु नगरपालिकामा ३ जना, घिरिङ गाउँपालिकामा १ जना र ठेगाना नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । संक्रमितहरु तल उल्लेखित पालिका, वडा र उमेरको रहेको जनाईएको छः
व्यास न.पा. १ का ३०, ३४ वर्षीय पुरुष, व्यास न.पा. २ की ४८, ७४ वर्षीया महिला र २७, २८, २९ वर्षीय पुरुष, व्यास न.पा. ४ का ३४ वर्षीय पुरुष, व्यास न.पा. ५ की ५६, २१, १७, ३३ वर्षीया महिला र २५, ५८, २४, २०, १७, वर्षीय पुरुष, व्यास ९ का २४ वर्षीय पुरुष, व्यास ११ का ४५ वर्षीय पुरुष । त्यसैगरि भानु न.पा. ७ की ३७ वर्षीया महिला र १०, ३९ वर्षीय महिला त्यस्तै घिरिङ गा.पा.५ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण जनाईएको छ । ठेगाना नखुलेको ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । तनहुका अन्य स्थानिय निकायको तुलनामा व्यासमा संक्रमित बढेपछि मानिसहरु अलि बढि नै सचेत बन्नुपर्ने जानकारहरुको भनाई रहेको छ ।

(तस्विरः सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?