नेपाली कांग्रेस व्यास नगर सभापतिमा अधिकारीको नजर

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तनहूँको व्यास नगरपालिकाको नगर सभापतिको लागि डम्बरबहादुर अधिकारी तिव्र रूपले तयारी गर्नुभएको छ । अबको नेतृत्व युवा पुस्तालाई भन्ने नारा लगाउदै आइरहनुभएका अधिकारी सभापतिको लागि युवाहरूसंग भेटघाट छलफल चलाइ रहनुभएको छ ।

युवाहरूको प्रतिनिधित्व गर्दै उम्मेदवारीको तयारी गरेका अधिकारी हाल व्यास नगरको सहसचिव हुनुहुन्छ । अधिकारी कार्यकर्ताको संरक्षण र युवाको नेतृत्व हालको आवश्यकता रहेको अधिकारीले बताउदै आइरहनुभएको छ । अधिकारीले आधिकारिक रुपमा सभापतिको उमेदवारी घोषणा नगरेपनि उहाँको क्रियासिलताले सभापतिको उम्मेदवार हुने लक्षण देखाउनुभएको छ र हकि स्वभावका डम्बर बहादुर अधिकारी सभापतिको उमेदवार भए अरु उमेदवारहरुलाई जित्न पनि हम्मे हम्मे पर्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुले बताउन थालेका छन् । व्यास नगरको १४ वटा वडामा नेपाली कांगे्रसका करिब ४ हजार ४ सय क्रियाशील सदस्य रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्