तनहूँमा २४ गतेसम्म निषेधाज्ञाः सरकारी कार्यालय आईतबारबाट खुल्ने

  • ख-
  • ख+

तनहूँ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहूँले असार २४ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो सिफारिस गरेको हो ।
बैठकमा अत्यावश्यक सेवाका पसलहरु बिहान पाँच देखि १० बजेसम्म र थप खुला गरिएका व्यवसाय बिहान ८ देखि दिउँसो १ बजेसम्म खुलाउन सिफारिस गरिएको छ । त्यसका साथै तनहूँ जिल्लामा आगामी आईतबारबाट सरकारी कार्यालयहरु खुल्ने भएका छन् । यस अघि प्रशासनले मागेको कार्ययोजना अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै असार २० गतेबाट सरकारी कार्यालय, संस्थान, समिति, बैंक, बिमालगायतका सेवा नियमित गर्ने प्रशासनले निर्णय गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा आईतबारबाट ती सेवा नियमित हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो ।
अवस्थाको गाम्भिर्यतालाई मध्यनजर गर्दै सार्वजनिक यातायातका साधनहरु नखुलाइने निर्णय भएको बरालले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?