नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपद व्यवस्थापनमा सरकारले उचित ध्यान पुर्याउन नसक्दा देशभर ठूलो मात्रामा क्षति भएको बताउनुभएको छ । उहाँले गए रातीको बाढी पहिरोले तनहूँमा घर बगाई जन धनको क्षति पुर्याएकोमा दिवङगतको चीर शान्तिको कामना गर्दै सरकारलाई आफ्ना संयन्त्रको उचित व्यवस्थापन गर्न जोडदार माग गर्नुका साथै आफ्ना नेता कार्यकर्ता साथीहरूमा सतर्क रहन अनुरोध गर्नुभएको छ । साथै आफू सुरक्षित रहि आफ्नो स्थानबाट सक्दो सहयोग गर्नु हुन अनुरोध छ भन्ने व्यहोराको विज्ञप्ति सामाजिक संजालमा लेख्नुभएको छ ।









