तनहूँ / सत्यवति माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको सदस्य सुरेश वाग्ले नियुक्त हुनुभएकोछ । वाग्ले उक्त विद्यालयको सदस्यमा अभिभावकको तर्फबाट मनोनित हुनुभएको हो ।
नेपालका उत्कृष्ट विद्यालयहरुमा पर्ने तनहूँ , दमौली वजारमारहेको उक्त विद्यालयको बिद्यालय ब्यबस्थापन समितिको सदस्य हुन पाउँदा आफु गौरवान्वित भएको र विद्यालयलाई अझै उत्कृष्ट बनाउनको लागि आफु लागि पर्ने नवनियुक्त सदस्य वाग्लेले बताउनुभएको छ साथै बिद्यालयको लागि आवश्यक भौतिक प्रशासनिक लगायतका काममा अग्रसरता देखाई बिद्यालय प्रतिको जिम्मेवारी बहन गर्ने प्रतिवद्द्ता उहाँले व्यक्त गर्नुभएको छ ।
सामाजसेवामा बिशेष रुचि लिने वाग्ले विभिन्न संघसंस्थाहरुमा आवद्ध रहनुभएको छ ।
उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा व्यास २ का अध्यक्ष काशिराम श्रेष्ठ नियुक्त हुनुभएको छ ।








