तनहूँले पायो हल्ला होईन काम गर्न रुचाउने प्रहरी प्रमुख

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँको प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले आज जिल्ला प्रहरी कार्यालय तनहूँमा पत्रकार भेटघाट तथा परिचायात्मक कार्यक्रमको आयोजना गर्नुभयो । असार १६ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहूँको नेतृत्व सम्हाल्नुभएका मैनालीलले उक्त अवसरमा ”आफु हल्ला नगरिकन काम गर्न रुचाउने प्रहरी भएको ” पनि प्रष्ट पार्नुभयो उक्त अवसरमा उहाँले ” म शूरुमा नै यो काम गर्छु त्यो काम गर्छु भनेर भन्नेभन्दा पनि कार्यकालको समाप्ति पश्चात सर्वसाधारणले मेरो काम देखेर आफै मुल्यांकन गरुन् भन्ने आफ्नो चाहना रहेको ” बताउनुभएको थियो ।
तनहूँमा आएपछि पहिलो पटक पत्रकार भेटघाट कार्यक्रम आयोजना भएका मैनालीलाई पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेल लगायतका अन्य पत्रकारहरुले ” राजनीतिक दल र नेताहरुको प्रभावमा नपरिकन कानुनलाई कार्यान्वयन गर्दै र पत्रकारमैत्री भएर काम गर्नको लागि शुभकामना ” दिनुभएको थियो ।
कार्यक्रममा प्रहरी उपरिक्षक मैनालीले ” प्रहरी जनताको सेवक र पत्रकार पनि जनतालाई सूचना प्रदान गर्ने भएकोले एक अर्काका परिपुरकको रुपमा काम गर्न पाएको खण्डमा अझ सुरक्षा निकायलाई सहज हुने र त्यसको आफुले आशा राखेको” बताउनुभएको थियो ।
कार्यक्रम संचालन गर्नुभएका जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेनाले ”जिल्ला प्रहरी कार्यलयबाट सूचनाहरु छिटोभन्दा छिटो दिने गरिरहेकोमा अझै नयाँ प्रहरी प्रम्खको निर्देशन र बिज्ञताको उपयोग गर्दै सूचना सम्प्रेषणलाई अझै पत्रकारमैत्री बनाउने” बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?