नेपाली कांग्रेस तनहूँको सभापतिमा बैकुण्ठको विकल्प बैकुण्ठ

  • ख-
  • ख+

धेरै उमेदवारहरुको उमेदवारी आउदै गरेको स्थानिय निकायको निर्वाचनको लागि वार्गेनिगं हो, जोशी सर पक्ष र भण्डारी पक्ष मिल्नु भनेको पनि राति घाम लाग्नु जस्तै हो त्यसैले तनहूँमा बैकुण्ठसरलाई कसैले रोक्न सक्दैन, ढुक्क भए हुन्छ आँउदो जिल्ला अधिवेशनमा पनि बैकुण्ठको विकल्प बैकुण्ठ नै हुन् ।”

वरिष्ठ अधिवक्ता, तनहूँँको शैक्षिकक्षेत्रको धरोहर, पार्टीको लागि धेरै नै योगदान पुर्याएको व्यक्ति, तेज स्मरण शक्ति, अरुसग सल्लाह लिईरहनु खासै नपर्ने जुनसुकै तह र तप्कालाई पनि सरसल्लाह दिन सक्ने ल्याकत भएका नेपालका कम जनप्रतिनीधिहरु मध्ये एक व्यास नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस तनहूँका वर्तमान् सभापति बैकुण्ठ न्यौपाने हुनुहुन्छ भन्दा खासै अतिशयोक्ति नहोला । यस्तो जिल्ला सभापति पाँउदा पनि तनहूँँका धेरै चल्ताफिर्ता कांग्रेसीहरु बैकुण्ठ न्यौपानेलाई सभापतिबाट बिदाई गर्न र पुनः सोहि पदमा ढिम्किनै नदिन अधिवेशनको मिति घोषणादेखि नै आतुर भईरहेका छन् । मुखबाट शब्द निकाल्न नसकेपनि यसो साईलीका भट्टीतिर पस्दा बैकुुण्ठ न्यौपानेलाई जुनसुकै हालतमा पनि जिल्लाको सभापति नबनाउने कसम खान छुटाउदैनन् बैकुण्ठ न्यौपानेकै वरिपरि झुम्मिने र उहाँलाई देख्दा धनुष्टकांर नै हुन्छ कि झैं गरेर निहुरिने कांग्रेसीहरु ।
त्यसो त लोकतन्त्रमा आफ्नो असहमति राख्न पाईन्छ । आफ्नो योग्यता र योगदानले भ्याएसम्म सबैले जुनसुकै पदमा पनि दावा गर्न पाउने सबै पार्टीका कार्यकर्ताको नैसर्गिक अधिकार हो त्यसैले होला केन्द्रमा जस्तै तनहूूँँ जिल्लामा पनि जिल्ला सभापतिको दौड धेरै पहिलादेखि नै शुरु भईसकेको छ । तनहूँ जिल्लाको सवालमा दौडभन्दा पनि बैकुण्ठ न्यौपानेलाई बिदाई गर्ने अभिलाषाको शुरुवात धेरै पहिलादेखि नै जागृत भईरहेको छ ।
बैकुण्ठ न्यौपानेको व्यक्तित्व र प्रभावको सामु कसैले हत्तपत्त मुख खोल्न नसके पनि आउदो जिल्ला सभापतिमा धेरै स्थानिय कांग्रेसका नेताहरुको उमेदवारी पक्का छ । कृष्ण गौतम, जितप्रकाश आले, लक्ष्मी आचार्य, रामचन्द्र अधिकारी, आनन्द त्रिपाठी लगायतका धेरै नेता तथा कार्यकर्ताले मुख बाईरहदा स्थानिय नेता तथा कार्यकर्तालाई खासै रुचिकर लाईरहेको छैन । नेतृत्व फेर्ने चाहना त होला तर कस्ले चलाउला र कांग्रेसलाई राम्रोसग ? तनहूँ कांग्रेसीहरुका बिच अन्यौलता छाईरहेको छ ।
केन्द्रिय महाधिवेशन त रोचक हुने पक्कापक्कि भईरहदा तनहूँको अधिवेशन पनि अघिल्ला अधिवेशनको तुलनामा यसपटक अझ बिशेष बन्ने लगभग पक्कापक्कि छ । आजसम्म तनहूँ जिल्लामा नेपाली कांग्रेसका दुई धार देखिईएकोमा अब तेश्रो धारको जवरजस्त इन्ट्रि गराएर जिल्लाको भिडन्तलाई अझ रोचक बनाउदैछ । अघिल्ला अधिवेशनहरुमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका पू्रर्व सह महामन्त्री गोविन्दराज जोशी पक्षबिच प्रतिष्पर्धा भएको भएतापनि यसपटक तेश्रो शक्तिको रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी पक्षको इन्ट्रिलाई सबैले उत्सुकताका साथ हेरिरहेका छन् । केन्द्रिय राजनीतिमा रम्नुभएका भण्डारीको एउटै चाहना छ यसपटकको जिल्ला अधिवेशनमा पौडेलदाईले भनेको मान्ने मान्छे होईन आफुले भनेको मान्ने मान्छे जुनसुकै हालतमा पनि ल्याउने त्यस्को लागि उहाँले संस्थापन पक्षको सहारा लिईसक्नुभएको छ र केन्द्र, प्रदेश, नगर, गाउँदेखि स्थानिय तहसम्म तरुणदलका विभिन्न समितिमा आफ्नो प्रभाव बढाईरहनुभएको छ ।
भण्डारीका नजिकका मान्छेको अनौपचारिक कुराकानीलाई आधार मान्ने हो भने भण्डारीलाई जसरी हुन्छ वर्तमान् नेतृत्वलाई विस्थापित गर्नुछ र आफ्नो लागि यस् म्यान ल्याउनु छ, जिल्लामा आफ्नो एकछत्र राज गर्नुछ तर सजिलो छ र तनहूँमा गोविन्द राज जोशी पछि कार्यकर्ताको लागि मरिमेटेर काम गरिदिने बैकुण्ठ न्यौपानेलाई विस्थापित गर्न ? आखिर कहाँ सजिलो छ र स्थानिय निकायको प्रमुख भएर बसेको व्यक्तिलाई नेतृत्वमा आउनबाट रोक्न ?
केन्द्र र प्रदेशतिरभन्दा जिल्लामा नै ठिक भनेर बैकुण्ठ न्यौपाने उमेदवार हुने त पक्का छ, बैकुण्ठ न्यौपाने जनप्रतिनिधी भएपछि कार्यवाहक सभापतिको नशाले जितप्रकाश आलेलाई पनि अन्तसम्म सभापतिको आकांक्षीमा टिकाईराख्ने पक्का छ भने एउटा विद्धत व्यक्तित्व कृष्ण गौतमले अघिल्लो कार्यकाल त बैकुण्ठ न्यौपानेसग पराजित भए यसपटक तनहूँ काङ्ग्रेसलाई अगाडि बढाउने पालो मेरो भनेर अगाडि बढ्ने प्रचुर सम्भावना रहेको छ तर अघिल्लो पटक उमेदवार हुँदा लागेको गुट बिशेषको दाग धुलाउन उहाँको भेटघाटले कत्तिको काम गर्छ त्यो हेर्न बाँकि छ भने जालझेल र तिकडममा नरमाउने गौतमलाई चुनाव जिताउने र सर्वसम्मत छोड्ने सम्भावना पनि अत्यन्तै कम रहेको छ ।
पछिल्लो समयमा आएर रामचन्द्र पौडेल पक्ष र शंकर भण्डारी पक्षलाई जिल्लामा आफ्नो उमेदवार सजिलै विजयी गराउन नेपाली कांग्रेसका पूर्र्व सह महामन्त्री गोविन्दराज जोशी पक्षको चित्त बुझाउनु पर्नेछ तर सबैको एकअर्कालाई देखि नसहने प्रवृत्तिले गर्दा तिनै पक्ष चुनावमै भिडे पनि बैकुण्ठको विकल्प दिन कुनै कार्यकर्ताले पनि सक्ने छैनन् किनकी केन्द्रमा गरेको जस्तो जिल्लामा राजनीति गर्न सत्तामा नभएको कुनै पनि नेतालाई सजिलो छैन । जिल्लामा राजनीति गरेर व्यास नगरको प्रमुख न्यौपानेले कार्यकर्ताको शिरदेखि पैतालासम्म, सबैको आनीबानी कमीकमजोरी राम्रोसग बुझ्नका साथै तिनलाई कस्तो टोपी लगाईदिनुपर्छ पनि थाहा छ त्यसैले त बैकुण्ठ न्यौपाने विरोधी खेमाका नेपाली कांग्रेसका स्थानिय नेताहरु नै भन्ने गर्नुहुन्छ माथि उल्लेखित उमेदवारहरु मध्ये धेरै उमेदवारहरुको उमेदवारी आउदै गरेको स्थानिय निकायको निर्वाचनको लागि वार्गेनिगं हो, जोशी सर पक्ष र भण्डारी पक्ष मिल्नु भनेको पनि राति घाम लाग्नु जस्तै हो त्यसैले तनहूँमा बैकुण्ठसरलाई कसैले रोक्न सक्दैन, ढुक्क भए हुन्छ आँउदो जिल्ला अधिवेशनमा पनि बैकुण्ठको विकल्प बैकुण्ठ नै हुन् किनकी बैकुण्ठसरले आफु भनेर आउने कार्यकर्ताको जुनसुकै काम पनि गरिदिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्