तनहूँ । केहिदिन अगाडिको बाढिले पुल बगाएपछि अवरुद्ध भएको व्यास नगरपालिका वडा नं. १ र १३ जोड्ने सडक आजबाट संचालनमा आएको छ । व्यास नगरपालिकाको सक्रियतामा ह्युम पाईप हालेर अस्थायी रुपमा उक्त बाटो संचालनमा ल्याईएको छ । बेलिब्रिज चाडै नै आउने कुरा भईरहेको र ह्युम पाईप हालेर अस्थायी रुपमा बाटो संचालन भएपश्चात धेरै सहज भएको स्थानियवासीको भनाई रहेको छ ।
व्यास नगरपालिकाको वडा नम्बर १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएपछि तनहूँ जिल्लाको दक्षिण पश्चिम भेग र बुद्धसिङ मार्गको सडक यातायात सेवा अवरुद्ध भएको थियो ।








