मनकारी बच्चा रोनिस

  • ख-
  • ख+

तनहूँ । शहर बजारमा अध्ययन गर्ने बच्चाहरु आफैमा रमाउछन् , आफ्नो लागि मात्र सोच्छन् भन्ने कुराको अपवाद बनेका छन् व्यास नगरपालिका वडा नं. १ गल्बुबेसीको मादीश्री आवासिय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत रोनिस पराजुली । स्कुल जाँदा होस् वा बाटोमा हिड्दा उन्ले असहाय र गरिब बच्चाहरु देखेर मनमा लाग्थ्यो यीनहरुको लागि केहि गरिदिन पाए ? त्यसैलाई मुर्त रुप दिन उनी प्रायश आफ्नो खाजा खर्च कम गराएर, आमा बुबाले दिएको पैसा जोगाएर खुत्रुर्केमा जम्मा गर्ने गर्दथे । उनको अचम्मको वानी थियो आमाबुबासग पैसा मागेर औसत केटाकेटी झै पसलमा गएर अनेक खानेकुरा किनेर नखाने बरु त्यो पैसा खुत्रुर्केमा छिराउने । आमाबुवालाई लाग्दथ्यो ”छोरोले जति पैसा दिएपनि खुत्रुर्केमा जम्मा गरेको नै छ कुन दिन खुत्रुर्के फुटालौ भनेर भन्ला नयाँ लुगा किन्छु , खेलौना किन्छु” भन्ला तर जब खुत्रुर्के फोर्ने बेला आयो रोनिसले अचम्म्को कुरा गरे उन्ले भने ”आमा म खुत्रुर्केमा जम्मा गरेको पैसा कुनै आमाबुबा नभएका, गरिब, पढ्न गारो भएकालाई सहयोग गर्छु ” एकछिन त रोनिसकी आमा अर्पणा पराजुलीलाई अचम्म पनि लाग्यो ५ कक्षामा पढ्ने छोराको बोली सुन्दा तै पनि छोराको मनकारी मन देखेर । छोराकै चाहना अनुसार बेसाहरा, आर्थिक अवस्था कमजोर भएर अध्ययन गर्न गारो परेका बालबालिकाहरुको बारेमा बुझ्दै गर्दा श्री सर्वज्योति माध्यमिक विद्यालय व्यास १० सेवरका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मदन तिमल्सेनाले उक्त विद्यालयमा कक्षा ५, ७ र ८ मा अध्ययनरत विद्यार्थी सोनी गुरुङ, रोशनी गुरुङ र फुलमाया गुरुङको बारेमा जानकारी दिनुभयो ।

तिनै जना आमा नभएका, आर्थिक अवस्था कमजोर भएका, २ जनाको बुबाको दुवै मृर्गौला फेल भएर कमजोर आर्थिक अवस्थासग जुध्दै सहयोगको याचना गर्दै उपचार गराईरहेका थाहा पाएपछि रोनिसले आफ्नो जन्मदिनको अवसर पारेर ति विद्यार्थीहरुको लागि किताब, कपि, कलम र खाद्यान्न सहयोग गरेका छन् । साथै रोनिसले ”भविष्यमा पनि आफुले सहयोग गरिरहने ” बचन पनि दिएका छन् । रोनिसकी आमा अर्पणाका अनुसार ”कहिलेकाहि स्कुलमा अरु साथीले खाजा नलिईकन आउदा बर आफु नखाने साथीलाई दिने अचम्मको स्वभाव” रोनिस रहेका छन् साथै ”जन्मदिनको अवसरमा कसैको लागि किताब कापी किनिदिन पाउदा रोनिस एकदमै खुशी भएको र आफ्नो लागि जन्मदिन बिशेष भएको” बताएका छन् ।
आमा नभएका, बुवा मृर्गौला रोगी भएका , आर्थिक अवस्था कमजोर भएका तिनै जना व्यास नगरपालिका वडा नं. ११ भर्याङ्गंदीका बासिन्दा हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्