BPSK GROUP व्यास ११ को साधारण सभा सम्पन्न

  • ख-
  • ख+

तनहूँ । लोकतन्त्र, प्रजातन्त्र र समाजवादका अनुयायी युवा व्यक्तित्वहरुको अगुवाईमा व्यास ११ मा समुह गठन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य माननिय दोवाटे बि.क.को प्रमुख आतिथ्यतामा उक्त समुहको प्रथम साधारण सभा आयोजना गरिएको थियो । समुहका अध्यक्ष प्रेम बहादुर राउतको अध्यक्षथता आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समुन्द्र गोदार, व्यास ११ का वडा अध्यक्ष निर बहादुर खड्का, व्यास ११ का नेका सभापति बिकास भट्टराई, समुहका उपाध्यक्ष कृष्ण रुचाल , कोषाध्यक्ष विश्न नाथ अधिकारी, सचिव सुरेन्द्र अधिकारी लगायतका महानुभावहरुले गठन गरिएको BPSK GROUP को स्थापना र कार्य प्रगतिको बारेमा बोल्नुभएको थियो ।
नेपाली कांग्रेसको नीति नियम र परिधीभित्र रहेर समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने र व्यास नगरका साथै समग्र तनहूँ जिल्ला भर सदस्यता बिस्तार गरि आगामी कार्ययोजना तयार गरि अगाडि बढ्ने समुहका सदस्य हरिचन्द्र कोईरालाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?