Hello बिद्युत प्राधिकरण ! के यी मेशीनहरु प्रर्दशनीका लागि मात्र राखिएका हुन् ?

  • ख-
  • ख+

नेपाल विद्युत प्राधिकरण तनहूँ वितरण केन्द्र व्यास ५ चापाघाटको काउण्टरमा रहेका यी टोकन लिने मेसिन महिनौदेखि बिग्रेका छन् , विद्युत शुल्क तिर्ने काउण्टरलाई सिस्टमेटिक बनाउन जडान गरिएको उक्त मेसिन बिग्रेको कारण दैनिक सयौ ग्राहकहरु लाईनमा तटाडमछाड गरेको देख्न पाईन्छ । महिनौसम्म नबनाउने हो र यस्को ग्राहकले उपयोग गर्न नपाउने हो भने यस्को खरिद किन गरिएको हो ? यी मेशिनको मर्मत गर्नुपर्ने दायित्व कस्को हो ? कि मर्मत गर्दा कमिशन आउदैन ? कि उक्त मेशिनहरु प्रर्दशनीको लागि मात्र राखिएका हुन् ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्