तनहूँको अकला देवी मन्दिरबाट कालिकाको मुर्ति चोरी

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको म्याग्दे गाउँपालिकामा रहेको अकला देवी मन्दिरको मुर्ति लगायत अन्य सामाग्रीहरुको चोरी भएको छ । कालीकाको मुर्ती र अन्य सामाग्रीहरु गए राति चोरी भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । ७ बर्षदेखि मन्दिरका पुजारी रहेका ६ बस्ने बर्ष ६६ को ऋषिराम वाग्ले बेलुका ७ बजे घर गएर बिहान ७ः ३० बजे आउँदा गेट फोडिएको देखेपछिपश्चात तत्कालै अकला देवी मन्दिर संरक्षण समितिका अध्यक्षलाई खबर गरि मन्दिरको मुख्य प्रवेश द्धारको च्यानलको चाबी तोडी भित्र पसि मन्दिरको ढोका फोडिएको खबर गर्नुभएको थियो । अध्यक्षद्धारा प्रहरी चौकी थर्पुमा खवर गरि प्रहरीको आगमन पश्चात मुर्ति चोरिएको थाहा भएको हो । मन्दिर भित्रबाट मुर्ति , शंख, तरवार चोरि भएपछि जिल्ला प्रहरी कार्यालय तनहूँबाट खटिएको टोलिले अनुसन्धान गरिरहेको र कुकुरको प्रयोग गरि खोजविन गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता डिएसपि युवराज तिमल्सेनाले बताउनुभएको छ ।
पृथ्वीराजमार्गको नजिकै रहेको अकला मन्दिर तनहूँको एक पर्यटकिय स्थलको रुपमा परिचित रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?