लायन्सकर्मीहरुले लायन्स वनमा रोपे फलफुलका बिरुवा

  • ख-
  • ख+

तनहूँ । लायन्स क्लब अफ तनहूँ , लियो क्लब अफ तनहूँ र लियो क्लब अफ तनहूँ निर्मल अल्फाको सयुक्त आयोजनामा बृक्षरोपण गरिएको छ । म्याग्दे गाउँपालिका वडा नंं २ मा रहेको को लायन्स वनमा लिचि, कटहर, चिउरी, अम्वा, बेल लगायतका विभिन्न प्रकारको फलफूलको बिरुवा बृक्षारोपण गरिएको हो ।

लायन्स क्लब अफ तनहूँका अध्यक्ष कृष्णहरि गैरेको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाकी प्रमुख मायादेवी रानाको प्रमुख रहनुभएको थियो । कार्यक्रमका अन्य अथितिहिरुमा आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्बल अफ ३२५ बि १ का पूर्व गर्भनर अशोक कुमार श्रेष्ठ, लियो क्बलका अध्यक्ष सुनिल मिश्र, ज्यान्टागं खोला समाुदायिक वनका अध्यक्ष, अन्य लायन्सकर्मीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरुले लायन्सकर्मीहरुले वनमा फलफुलका बिरुवा बृक्षारोपण गरेर वनमा बस्ने चराचुरुगीं र जनावरलाई आहार जुटाउन खोजेकोमा उक्त कार्यको प्रशंसा गर्नुभएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा स्वागत मन्तन्व्य लायन्स क्लब अफ तनहूँका पूर्व अध्यक्ष प्रताप गुरुगंले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?