तनहूँ । व्यास नगरपालिकाका नेपाली कांग्रेसका युवा नेता सुजन वाग्ले नेपाली कांग्रेसको नगर अधिवेशनमा उप सभापतिको उमेदवार बन्नुहुनेभएको छ । नेपाली काँग्रेस ब्यास नगरपालिका वडा नंं ५ (साबिक ब्यास ६) का क्रियाशिल सदस्य हरुको भेलाले तरुण दल ब्यास नगर सभापति सुजन वाग्लेलाई नेपाली काँग्रेसको चौधौं महाधिवेशन मा व्यास नगर उप सभापति को उम्मेदवारीको लागि पठाउने सर्ब सम्मत निर्णय गरेको हो ।
सर्वसम्मत निर्णयको बारेमा सोध्दा युवा जोश र जाँगरका साथै तरुण दलमा रहेर पार्टीको हितमा थुप्रै राम्रा कामहरु गरेको हुनाले उहाँले पार्टीको लागि राम्रा कामहरु गर्ने आशले सिफारिस गरिएको एक क्रियाशिल सदस्यले बताउनुभयो ।
यसै बारेमा राजनितिका साथै समाजसेवामा रुचि राख्ने सुजन वाग्लेसग प्रतिक्रिया लिदा पार्टीको लागि काम गर्ने त सबै कार्यकर्ताको चाहना हुन्छ म पनि आफ्ना पितापूर्खाले जोगाउदै आएको नेपाली कांग्रेसलाई अझ देश र जनताप्रति कटिबद्ध बनाउन उपसभापतिको उमेदवार बन्न लागेको बताउनुभएको छ ।








