अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदानको भताभुगं चाला

  • ख-
  • ख+

व्यास नगरपालिका वडा नं. ११ कोलढुगां फराकचौरमा लामो समयदेखि निर्माण शुरु गरिएको अन्तर्राष्ट्रिय स्तरको कोलढुङ्गा क्रिकेट खेलमैदानको निर्माण कार्य कछुवा गतिमा अगाडि बढेको छ । २०७० सालमा उक्त क्षेत्रका राजनितिक दलका प्रतिनिधि, स्थानिय बुद्धिजिवी, समाजेसेवी तथा अगुवा युवाहरुको उपस्थितिले बाटो पानी, जग्गाजमिन, वातावरणका हिसावले पनि उर्पयुक्त, पृथ्वी राजमार्ग तथा सदरमुकामबाट पनि नजिकको स्थानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलमैदान निर्माण गर्ने लक्ष्य लिईएको थियो ।
करिव ५ करोड गुरुयोजना भएको कोलढुङ्गा क्रिकेट खेलमैदानलाई समय समयमा गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाबाट बजेट विनयोजनन भएपनि त्यो असाध्यै न्युन रहेको क्रिकेट खेलमैदान निर्माण सल्लाहकार समितिका संयोजक श्रीराम कार्की अचुकको भनाई रहेको छ । व्यास नगरपालिका वडा नंं ११ मात्रको नभएर समग्र गण्डकी प्रदेशको नमुना क्रिकेट मैदान बनाउन लाग्दा समेत आवश्यक मात्रामा बजेट विनियोजन नहुदा एउटा राम्रो सम्भावना तयार हुनै नपाएको कार्कीको गुनासो रहेको छ ।
क्रिकेट मैदान पूर्णतया तयार नहुदा सम्म फुटवल खेल पनि खेलाउन सकिने स्तरबाट तयार गर्न लागिएको खेल मैदानको निर्माणको लागि बिशेष जागरुक हुन सबैजना लाग्नुपर्ने उक्त खैल मैदान निर्माण समितिका अध्यक्ष बिरेन्द्र बहादुर अधिकारीको भनाई रहेको छ ।
लोकतन्त्र प्राप्ति पश्चात पनि आवश्यकता र सम्भाव्यता अनुरुप बजेट विनियोजन नगरि स्थानिय निकाय, प्रदेश सरकार तथा संघिय सरकारले सोर्स फोर्सको भरमा बजेट विनियिोजन गर्दा महत्व पाउनुपर्ने स्थानले कम महत्व पाएर बिकासले गति लिन नपाएकोमा स्थानियवासीले चिन्ता व्यक्त गरिरहेका छन् । सोर्सफोर्स, आफ्ना मान्छेको प्रभावमा परेर बजेट बाँडफाँड गर्दा एउटा सम्भावना बोकेर क्षेत्र कसरी बर्षौसम्म बन्न सक्दैन त्यस्को लागि टाढा जानुपर्दैन व्यास नगरपालिका वडा नं. ११ को अन्तर्राष्ट्रिय स्तरको कोलढुङ्गा क्रिकेट खेलमैदानको निर्माण गतिलाई हेर्न गए पुग्छ । धेरै बर्षदेखि निर्माणाधिन उक्त खेलमैदानको अहिले पनि सम्याउने काम भईरहेको छ किनकी अरु काम गर्नको लागि कतै बाट रकम विनियोजन भएको छैन ।

(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्